गीतकार बुढाथोकीको ‘टुक्रिएको यो मन’ बजारमा

गीतकार बुढाथोकीको ‘टुक्रिएको यो मन’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गीतकार कृष्णबहादुर बुढाथोकीले ‘टुक्रिएको यो मन’ गीत बजारमा ल्याएका छन् ।

बुढाथोकीले अहिलेको गजमौरो स्थितिलाई केन्द्रमा राखेर गीत लेखेको बताए । ‘बोधी एचडी’ युट्युबबाट सार्वजनिक गरिएको उक्त गीतमा निर्मला घिमिरे ‘निरू’ले स्वर दिएकी छन् । डाक्टर किरातीको संगीत र म्यूजिक एरेन्जर, मिक्सिङ मास्टरिङ सागर संसार रहेको छ । उक्त गीत माहोल स्टुडियोमा रेकर्ड भएको हो ।

लामो समय शिक्षण सेवामा समर्पित गीतकार बुढाथोकी कविता, मुक्तक, आलेख जस्ता विविध क्षेत्रमा कलम चलाउँदै आएका छन् ।