काठमाण्डु- सर्वोच्च अदालतले एमाले नेता कृष्णगोपाल श्रेष्ठविरूद्ध परेको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न अन्तरिम आदेश दिएको छ । संचारकर्मी रूपा सुनारले पुर्व शिक्षामन्त्री समेत रहेका श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिईन । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि उनि अदालत गएकी थिईन ।
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले दिएको रिटमा सुनुवाइ गर्दै निवेदिकाले श्रेष्ठविरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकोले सो जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश दिइएको छ ।




प्रतिक्रिया