पार्टीले कारबाही गरेपछि जनमोर्चाका सांसद थापा पुगे सर्वोच्च

पार्टीले कारबाही गरेपछि जनमोर्चाका सांसद थापा पुगे सर्वोच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी कारबाहीमा परेका राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापा सर्वोच्च अदालत पुगेका छन् । बिना आधार आफूलाई पार्टीले कारबाही गरेको भन्दै थापाले त्यसको विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ । गण्डकी प्रदेश सरकारविरुद्ध हस्ताक्षर गर्नका लागि पार्टीले दिएको निर्देशन नमानेको भन्दै जनामोर्चाले उनलाई सबै पदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

संसद सचिवालयमा पठाएको पत्रलाई कार्यान्वयन गर्दै बिहीवार सभामुख नेत्रनाथ अधिकारीले उनलाई पार्टी र सरकारको कुनै जिम्मेवारीमा नरहेको जानकारी गराएका थिए ।