कृषि क्षेत्रमा बजेट बढ्यो


काठमाडौं – सरकारले कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अघिल्लो वर्षको तुलनामा बढी हो ।

सरकारले चालू आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै स्थानीय तह तथा प्रदेशलाई दिने अनुदान वृद्धि गरि कृषि क्षेत्रको मल विउ उत्पादन तथा वितरण दिइने अनुदानको दायरा बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement