काठमाडौं र भक्तपुरमा ३ जनामा कोरोना भाइरसको संक्रमण, देशभर संख्या २१७ पुग्यो


काठमाडौं-  काठमाडौं र भक्तपुरमा गरी ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भक्तपुरमा २५ बर्षीया महिला र २७ बर्षीय पुरुष र काठमाडौं जिल्ला निवासी ३३ बर्षीय महिला रहेकी छन् ।

यससंगै देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या २१७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै ८३ जनामा कोरोना पोजेटिभ देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement