काठमाण्डु उपत्यकामा थपिए २७२० जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जना रहेका छन् ।

यससंगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। बिहीबार काठमाण्डु उपत्यकामा १५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १२८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement