काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने


काठमाण्डु – यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् ।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन् । सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरे ।

महानगरले नेपाल प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement