काठमाडौंमा केटीको विषयमा बिवाद हुदा फेरी गोली चल्यो,घटनामा संलग्नलाई प्रहरीले तुरुन्त समात्यो


काठमाडौं– काठमाडौंमा फेरी गोली चलेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका छन् ।

 

 

 

रानीबारीमा बस्ने गुरुङ र कारमा सवार समुहबीच केटीको बारेमा बिवाद हुदा गोली काठमाडौंको म्हेपीमा विहानै गोली चलेको हो । गोली लाग्ने र गोली चलाउने दुबै समुहले बारमा बसेर संगै मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

 

 

 

‘संगै बारमा बसेर मदिरा सेवा गरेको पाईयो, स्कुटरमा सवार चार–पार जनाको समुहले कारको पिछा गरेपछि गोली चलेको पाईयो ।’ प्रहरीले स्रोतले काठमाडौंपाटीलाई भन्यो ।

 

 

 

घुडामुनि एक राउन्ड गोली लागेका गुरूङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न पाच जनालाई नियन्त्रणमा लिइसकेको छ । घटनामा एक जना महिला समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

 

 

परिसरका प्रमुख एसएसपी धानुकले घटनामा संलग्नहरु प्रक्राउ परिसकेको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement