काठमाडौंमा संञ्चालन भयो मेरिएट होटल


काठमाडौं – काठमाडौंमा मेरिएट होटल संचालनमा आएको छ। यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।

६५ देशमा ५ सय बढी होटल र रिजोर्ट संचालनमा ल्याइसकेको मेरिएटले नेपालमा होटल सेवा थप गरेको हो। मेरिएटले विश्वका धेरै देशमा फ्रयान्चाईज होटल तथा रिजोर्टहरु संचालन गर्दै आएको छ। मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका भाइस प्रेसिडेन्ट निराज गोभिलले नेपालमा पर्यटनको प्रबल सम्भावना रहेको बताउँदै उत्कृष्ट बसोबाससँगै साँस्कृतिक अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाए।

होटलमा प्रवेश गरेपछि अतिथिले देशको संस्कृति झल्किने कलात्मक चित्रहरु देख्न सक्नेछन्। होटलको सिलिङमा ५ सय केजीको घण्टी झुन्ड्याइएको छ भने स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाइएको छ। होटलको प्याटर्न्ड कार्पेट ढाकाको बुट्टाहरुजस्तै छ। २१४ वटा कोठा रहेको यहाँबाट अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन्। होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले अन्तर्रा्ष्ट्रिय र स्थानीय अतिथिलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता जनाए।

 

अतिथिले उपयुक्त डाइनिङ अनुभव छनौट गर्न सक्छन्। तीमध्ये अल डे डाइनिङ रेष्टुरेन्ट, ठमेल किचन एउटा हो। जसमा स्थानीय र अन्तर्रा्ष्ट्रिय खानाहरु पेश गर्न ‘लाइभ कुकिङ किचन’ छ। एसियन विशेषता भएको रेष्टुरेन्ट हो– एडमामी। जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ। यसमा विशेष ’याकिटोरी स्टेसन’ छ। म्यूजिक बार हो– रक्सी। जसले स्थानीय सामग्रीको ’ह्यान्ड ड्राफ्टेड ककटेल’ पेश गर्दछ र जाज् म्यूजिक सेसन आयोजना गर्दछ।

बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउँसोको कफी ब्रेकका लागि काठमाडौं बेकिङ किचन छ। ७४० स्क्वायर मिटर बढी क्षेत्रफल भएको ब्याङ्क्वेट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फ्रेन्स र बैठकका लागि आधुनिक प्रविधियुक्त होटल हो।एम–क्लबबाट हिमालयन पर्वतको दृश्य देखिन्छ। जुन २४ सै घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान रहेको होटलको दावी छ।

अतिथिको स्वास्थ्यका सवालमा पनि होटलले ध्यान दिएको छ। यहाँ ४ वटा ट्रिट्मेन्ट कोठाहरु छन्। जहाँ दिमाग र शरीरलाई आराम गर्न आयुर्वे्दिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ। होटलमा स्वीमिङ पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर छ।

प्रतिक्रिया दिनुहोस
Advertisement