अपडेट : मूलपानीको पहिरोमा पुरिएका ३ जनाको शव निकालियो


काठमाडौं – अविरल वर्षाका कारण काठमाडौंको मुलानीमा घरको पर्खाल भत्किँदा पुरिएका ३ जनाको शव निकालिएको छ ।

मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका एकै परिवारका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले एकै परिवारका सदस्यको पर्खालले पुरिँदा ज्यान गएको बताए । वर्षाको कारण काठमाडौँको अधिकांश क्षेत्र डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement