काठमाडौं-तराई द्रुतमार्गको बजेट खर्च न्यून


काठमाडौं – राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ ।

वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै आएको भए पनि खर्च भने सोहीअनुसार हुन सकेको छैन ।

नेपाली सेनाको व्यवस्थापनमा शुरू भएको ७२ दशमलव ५ किलोमीटर (किमी) उक्त दु्रतमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब बजेट सरकारले विनियोजन गरेको छ ।

तर, चालू आवको ५ महीना बितिसक्दा पनि आयोजनामा ५३ करोड मात्रै खर्च भएको नेपाली सेनाले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  छ।

प्रतिक्रिया दिनुहोस
Advertisement