काठमाण्डु उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाण्डु उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाण्डुमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो ।

शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी गरे पनि काठमाण्डुमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाण्डुमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाण्डु उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।

त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताउनुभयो । उहाँले अहिले देखिएका ‘केस’ साउन महिनाको भएकाले निषेधाज्ञा भए पनि सङ्क्रमणको सङ्ख्या धेरै देखिएको बताउनुभयो ।

बन्जाराले बन्दाबन्दी खुलेपछि नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेको भन्दै सङ्क्रमण शून्य भएका देशमा पनि कुनै चमत्कार नगरी जनस्वास्थ्यका नियम मात्र पालना गरेको बत(ाउनुभयो । उहाँले नियमित मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र कुनै जमघट हुनुभन्दा पहिले त्यहाँ निर्मलीकरण गर्ने, साबुनपानीले जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्य मन्त्रालय, महानगरपालिका लगायतका निकायका कारण सङ्क्रमण बढेको बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।