बिहीबार काठमाण्डु उपत्यकामा थपिए १५ सय ५२ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १२८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

बुधबार काठमाण्डु उपत्यकामा ३१ सय ७  जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार  काठमाण्डुमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना  रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement