काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर चार जना बेपत्ता


काठमाडौं – लगातार परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी शुक्रबार बिहान काठमाडौंमा चार जना बेपत्ता भएका छन् । काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्केर पुरिँदा ३ जना बेपत्ता भएका छन् । २ महिलासहित एक बालक पुरिएका हुन् ।

पुरिएकाहरुको उद्धार कार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।  यस्तै, कलंकीबाट एक जना बेपत्ता भएका छन् । बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ ।  वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement