उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुग्यो


काठमाण्डु – पछिल्लो कहि दिनयता काठमाण्डु उपत्यकामा हैजाका विरामीको संख्या थपिँदै गएको छ । शुक्रबारसम्म उपत्यकाका १७ जनामा हैजाको विरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डुको बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा उक्त संख्यामा हैजाका बिरामी भेटिएका हुन् ।

मन्त्रालयले धेरै ठाउँमा हैजाका बिरामी देखिन थालेकाले सतर्कता अपनाउन, पानी उमालेर मात्र पिउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement