काठमाडौं – काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् । यो प्रणाली अहिले पूर्व्तिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना रहेको छ ।
बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात नेपालमा नआउने भएपनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् ।




प्रतिक्रिया