कुवतेसँगको खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ कपमा छनोट


काठमाण्डु- एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।

वर्षाका कारण दोस्रो इनिङ खेल्न नसकेपछि ओमान ओडीआई सिडिङका कारण इमर्जिङ टाइम्स एसिया कपमा पुगेको हो । जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षापछि पुन खेल हुन सकेको थिएन ।

ओमान ओडिआई वरियताको आधारमा इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement