जिउँदो कुखराको मूल्य किलोमा ५० रुपैयाँले घट्यो


काठमाण्डु-  दशैं लगत्तै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन् । कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।

संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको छ । बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको बिसीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement