विद्युत प्राधिकरणमा यस्ता छन् कुलमान घिसिङका योजना


काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षभित्र नेपाल  स्वदेशी उर्जामै आत्मनिर्भर बन्ने दाबी गरेका छन् । राजधानीमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्षभित्रत्र १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी वितरण प्रणाली विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

 

 

उनले अधिकतम रुपमा देशभित्रै विजुली खपतको वातावरण बनाउन प्रमुख शहर तथा औद्योगिक क्षेत्रहरुमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउने तयारी भइरहेको बताए ।

 

 

आफ्नो एक बर्षे कार्यकालको समिक्षा गर्दै घिसिङले सो अवधीमा भूकम्पपछि बन्द भएको १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी लगायतका कामलाई पुनः सञ्चालनमा ल्याएको  र अलपत्र अवस्थामा रहेका निर्माणाधिन आयोजनाको कामलाई तीव्रता दिएको जानकारी दिए ।

 

 

एक वर्षअघि जनताले दैनिक १२ घण्टा लोडसेडिङको समस्या भोगिरहेका थिए ।  कुलमान प्राधिकरणको निर्देशक भएपछि भने औद्योगिक क्षेत्रमा बेलुकाको समय २ देखि ३ घण्टा मात्र लोडसेडिङ हुने गरेको छ ।

 

देशलाई उर्जामा आत्मनिर्भर बनाई जनताको समेत लगानीमा जलविद्युत आयोजनाहरुको दु्रत गतिमा विकास गर्ने र  विभिन्न सम्भावना रहेको पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने समेत घिसिङले पत्रकार सम्मेलनमा घोषणा गरे । उनले स्मार्ट ग्रीड र स्मार्ट मिटर प्रणाली लागु गर्न प्राधिकरण लागेको जानकारी समेत कार्यक्रममा दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement