पाकिस्तानमा मृत्युदण्डको सजाए सुनाइएका भारतीय पूर्वनौसेना अधिकारीसँग परिवारले गरे भेट


काठमाडौं– पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक, पूर्वनौसेना अधिकारी कुलभूषण जाधवसँग उनका परिवारले भेट गरेका छन्।

 

 

पाकिस्तानमा जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका जाधवले सोमबार पाकिस्तानी राजधानी इस्लामावादमा आफ्नी आमा र श्रीमतीलाई भेटेको बीबीसीले जनाएको छ।

 

जाधवलाई दिइएको मृत्युदण्डको फैसलाका कारण पाकिस्तान र भारतबीच उत्पन्न विवाद उत्पन्न भइरहेका बेला उनलाई परिवारसँग भेट गर्न दिइएको हो।

 मानवीयताका आधारमा भेट गर्न दिइएको पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले बताए।

 

 

सन् २०१६ को मार्चमा पाकिस्तानले जाधवलाई बलोचिस्तानबाट पक्राउ गरेको थियो।

 

 

पाकिस्तानको सैन्य अदालतले जासुसी र उग्रवादी मामिलासँग जोडेर सन् २०१८ अप्रिलमा उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

 

 

भारतले भने उनी इरानमा हुँदा पाकिस्तानले उनलाई अपहरण गरेको र ूबनावटी अभियोगहरूमा उनीमाथि मुद्दा चलाएको तर्क प्रस्तुत गर्दै आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement