कलाकारहरुले भनेः उज्यालो ल्याउने कुलमान फेरि चाहिन्छ


काठमाण्डु – वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त गर्न माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आचार्यले अन्धकार ल्याउने धेरै भएकाले उज्यालो ल्याउनेलाई सम्मान गर्न माग गरेका छन् ।

‘यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ । ऊज्यालो ल्याउनेलाई सम्मान गरौं’, उनले भनेका छन्, ‘उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।’

त्यस्तै नायिका करिष्मा मानन्धरले पनि कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिनुपर्ने बताएकी छन् ।

‘थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमान घिसिङ फेरि चाहिन्छ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement