‘जिग्री’ले दुबईमा अलपत्र नेपाली महिलाको उद्धार गर्ने


काठमाण्डु – कलाकार कुमार कट्टेल ‘जिग्री’ले जन्मदिनको अवसरमा दुबईमा अलपत्र नेपाली महिलालाई सहयोग गर्ने घोषणा गरेका छन् । आइतवार परेको जन्मदिनका अवसरमा कट्टेलले दुबईमा अलपत्र महिलालाई हवाई भाडा दिने घोषणा गरेका हुन् ।

झापा घर भएकी ती महिला दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेका जानकारी पाएपछि कट्टेल सहयोगका लागि अघि सरेका हुन् ।

‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भएकी नेपाली चेलिलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु । यो विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालिहरुको पिडामा आफुले सकेको सहयोग गरौं ’ कट्टेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement