कुमारी बैंककाे नक्सालस्थित भवन शिलान्यास


कुमारी बैंकले काठमाडौंको नक्साल स्थित आफ्नो भवनको शिलान्यास गरेको छ । कुमारी बैंकका अध्यक्ष श्री अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरे ।

पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस