कुमारी बैंकको नयाँ समाज नेपाललाई सहयोग


काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वानेश्वरस्थित “नयाँ समाज नेपाल” नामक एक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ । उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत छ ।

उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरुलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ । कुमारी बैंकको कर्मचारी युनियनको पहलमा भएको सो सहयोग कार्यक्रममा बैंकका तर्फबाट चिफ् डिपोजिट मार्र्केिटङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गर्नु भयो ।

स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरण लगायत समाजका विविध क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ । हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिम र २ एक्सटेन काउन्टरबाट आधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement