काठमाडौं – कुमारी बैंक लिमिटेडको १७ औं तथा १८ औं वार्षिक साधारण सभा बैंक सम्पन्न भएको छ । कुमारी बैंक लिमिटेडका अध्यक्ष सन्तोष कुमार लामाज्यूको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको होे ।
उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३-०७४ र आ.व २०७४-०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३-०७४ को लागि १२.७५% बोनस शेयर र आ.व. २०७४-०७५ को लागि ८.५०% बोनस शेयर गरी जम्मा २१.२५ % बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।
आर्थिक वर्ष २०७५-७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा१ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया