कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाण्डौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट÷क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement