कुमारी बैंक र ओम समाज डेन्टलबीच सम्झौता


काठमाडाैं – ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राइभेट लिमिटेडकाबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेको हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुसार ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement