भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने


काठमाण्डु – बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ ।

शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिएका छन् ।

पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।

कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउनुहुन्छ । किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहनु भएका अन्य कुमारी पनि घरमै रहनुहुने भएको छ । वसन्तपुरस्थित काठमाण्डु दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गर्नुभएको छ ।

वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवारी वस्तीमा प्रचलनमा रहनु भएका कुमारीको छुट्टै महत्व छ । भक्तपुरमा अलग व्यवस्था भक्तपुरको एकान्तकुमारी भने घरमै रहनु हुने भएको छ ।

भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीका अनुसार सर्वसाधारणले कुमारीको दर्शन पाउने छैनन् । भक्तपुर गुठी संस्थानका शाखा प्रमुख आनन्द कर्माचार्यका अनुसार एकान्तकुमारीको पूजन भने गुठियारले मात्र गर्छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement