काठमाण्डु – डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ नामक आकर्षक अभियान शुरु गरेको छ ।
उक्त अभियानमा ‘लक्की ड्र’ मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।
यस अभियानमा सहभागी हुन ग्राहकवर्गहरुले सो अभियान शुरू भएको १ महिनासम्म तलमध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ ।
१.कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने, अथवा
२.टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ ।
कुमारी बैंकले डिजिटल प्रणाली मार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । साथै यस अभियानमार्फत डिजिटल कारोबारलाइ अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्घारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंकले विश्वास लिएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया