अर्धशतक बनाए लगत्तै कुशल आउट


काठमाण्डु- यूएईविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ३२ बलमा ३ चौका ४ छक्काको मद्धतमा ५० रन बनाएका हुन् ।

अर्धशतक बनाए लगत्तै कुशल आउट पनि भए । यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको छ ।

यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement