टी-२० मा कुशलको लगातार दोस्रो शतक, बने सबैभन्दा धेरै रन बनाउने खेलाडी

टी-२० मा कुशलको लगातार दोस्रो शतक, बने सबैभन्दा धेरै रन बनाउने खेलाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायरको आजको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

टी–२० आईमा उनको यो तेस्रो शतक हो। यसअघिको खेलमा पनि उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए।

मलेसियाविरुद्ध जारी खेलमा उनले ४४ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक प्रहार गरेका छन्।

यो शतकसँगै भुर्तेल टी२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। उनले २२ सय १५ रन बनाइसकेका छन्।