सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक


काठमाण्डु – आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा भुर्तेलले २५ बलमा ६ चौका र २ छक्काको मद्धतमा अर्धशतक पुरा गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement