सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु


रौतहट – रौतहट स्थित देवाही गोनाही नगरपालिका ४ मा सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो ।

देवाही गोनाही नगरपालिका-४ दोहर बस्ने गणेश सहनीको छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

फुली देवीले आफ्नो पट्टीको छोरालाई पिटेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement