अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु, एक घाइते


बैतडी – अपरिचित व्यक्तिको कुटाइबाट आइतबार राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

राति करिब १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेको बताइएको छ। कुटपिटवाट लक्ष्मी घाइते भएकी छन्। प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल बैतडी र बझाङको सीमा क्षेत्रमा पर्दछ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement