गाडी तोडफोड गर्ने बन्दकर्तालाई जनताले गरे रामधुलाइ !


काठमाण्डु- विप्लव नेतृत्वको नेकपासहित ४ राजनीतिक दलहरुले विभिन्न माग राखि आज नेपाल बन्दको घोषणा गरेका छन्। यसैबीच काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले कुटपिट गरेका छन् ।

मंगलबार बन्दको क्रममा काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् । कुटाइ खानेमा जुम्लाको तिलागुफा-३ बस्ने २४ वर्षीय पल राउत रहेका छन् । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ ।

त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement