निर्घात कुटपिट गरी श्रीमतीकाे हत्या, श्रीमान फरार

निर्घात कुटपिट गरी श्रीमतीकाे हत्या, श्रीमान फरार


महोत्तरी–महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए।