काठमाण्डु – उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ।
कुवेतस्थित नेपाली दूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया