कुवेतको जजिरा एयरवेजले थाल्यो कुवेत–काठमाडौं उडान


काठमाडौं – कुवेतको जजिरा एयरवेजले कुवेत टु काठमाडौं उडान सुरु गरेको छ । कुवेत इन्टरनेसनल एयरपोर्टबाट जजिरा एयरवेजले मंसिर १ गतेदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो ।

जजिरा एयरवेजले नेपाल कुवेत हप्तामा ४ दिन उडान गर्ने एयरलाइन्सको नेपालका लागि जेनरल सेल्स एजेन्ट सोसाइटी ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए । यसअघि कुवेतबाट वातानीय एयरलाइन्सले उडान सुरू गरे पनि निरन्तरता दिन सकेको थिएन ।

नेपाली कामदार जाने कुवेतको यो उडानले पर्यटक पनि ल्याउने सिंहको दाबी छ । पछिल्लो समय कुवेत लगायतका देशबाट नेपालमा घुम्न आउनेहरूको संख्यामा बढोत्तरी भइरहेको र उक्त एयरलाइन्सको उडानले गर्दा पर्यटक बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement