काठमाण्डु- लेबनानमा नेपाली सेनाका उपरथी तथा राष्ट्रसंघीय शान्ति सेनाका निवर्तमान उपकमान्डर चोकबहादुर ढकालमाथि आक्रमण गर्ने २५ जना पक्राउ परेका छन् । आक्रमणमा ढकालसहित दुई शान्ति सेना घाइते भएका थिए ।
लेबनानी अधिकारीहरूले राष्ट्र संघको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । आफ्नो मिसन सकेर निवास फर्किँदै गरेका ढकालमाथि आक्रमण भएको थियो ।
यस घटनाको संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । ‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई जानकारी दिए ।
घटनालाई लिएर लेबनानस्थित संयुक्त राष्ट्रसंघीयय अन्तरिम बल (युनिफिल)ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।
लेबनानका प्रधानमन्त्री नवाफ सलामले पनि आक्रमणको निन्दा गरेका छन् । लेबनानका लागि संयुक्त राष्ट्र संघका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमान्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा प्रधानमन्त्री सलामले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरेका छन् ।
प्रतिक्रिया