लद्दाखबाट चिनियाँ सैनिक भारतको नियन्त्रणमा


एजेन्सी – भारतले लद्दाखबाट एक जना चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ । भारत–चीन सीमा रेखा पार गरेका ती सैनिकलाई लद्दाखको डेमचोक सेक्टरमा पक्राऊ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ परेका पीएलए सिपाही, जसलाई कर्पोरल वाङ या लाङ्ग भनेर चिनाइएको छ ।उनी हाल भारतीय सेनाको हिरासतमा छन् । उनलाई चिनियाँ अधिकारीलाई जिम्मा लगाउने भारतको तयारी छ ।

ती सिपाहीलाई अक्सिजन सहितको चिकित्सा सहयोग प्रदान गरिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । धेरै चिसो भएका कारण उनलाई खाना र तातो लुगा दिएर राखिएको छ ।

भारत र चीन दुबै पूर्वी लद्दाखमा सीमा विवाद समाधान गर्न आठौं चरणको छलफल गर्ने योजना बनाइरहेका बेला ती सिपाही भारत प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement