लद्दाखमा चीनद्वारा १७ हजार सैनिक परिचालन


एजेन्सी – लद्दाखमा भारत र चीनबीच उत्पन्न विवाद अझै साम्य भएको छैन् । कमान्डर स्तरीय वार्ता पनि दुबै पक्षका बीच आइतबार भएको थियो, तर सीमा विवाद पूर्ण रूपमा बन्द भएको छैन ।

चीनले लद्दाखमा १७ हजार सेना परिचालन गरेको छ । त्यस्तै भारतले टी–९० ट्याङ्क तयारी अवस्थामा राखेको र सैन्य बलको संख्या बढाएको छ । चीनले दौलत बेग ओल्डि र देपसङ्गमा १७ हजार सैनिक खटाएको हो ।

पेट्रोलिङ्ग पोइन्ट–१ बाट देपसङ्ग मैदानमा अप्रिलमा चिनियाँ सैनिकहरू बसेका थिए । उक्त क्षेत्रमा चीन र भारतले दाबी गर्दै अाइरहेका छन् । स्रोतकाअनुसार चीनले उक्त क्षेत्रमा सेना परिचालन गरेपछि पीपी १० देखि पीपी १ गश्ती गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement