लगानी सम्मेलनमा पाँच एमओयू सम्झौता


काठमाण्डु- लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता (एमओयू) गरिएको छ। सोमवार सम्मेलनमा होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । जसअनुसार नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ ।

यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी) र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बीच समेत एमओयू सम्झौता गरिएको छ ।

सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ ।

यस्तै सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित सम्झौतासँगै नेपालमा सार्वजनिक निजी साझेदारी विषयमा अध्ययन तथा सहकार्य हुनेछ ।सम्मेलनको पहिलो दिन तीनवटा एमओयू सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement