लगानी गर्न आएका २८ मध्ये दुई कम्पनी मात्र सम्पर्कमा

लगानी गर्न आएका २८ मध्ये दुई कम्पनी मात्र सम्पर्कमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – करिब तीन वर्षअघि विदेशी लगानी भित्र्याउने स्वीकृति लिन खोजे सम्पर्कविहीन भएका २८ मध्ये दुई कम्पनी राष्ट्र बैंकमा सम्पर्क राख्न भएका छन्।

केन्द्रीय बैंकले नपुग कागज लिएर आउन गत पुसमा एकमहिने सूचना जारी गरेपछि ललितपुरस्थित ग्रीन ब्रिक्स फ्याक्ट्री कम्पनी र रोडेडेनड्रोन बायोटिक प्रालि सम्पर्कमा आएका हुन्। यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकमा निवेदन दर्ता गराएका २८ कम्पनीहरू लगानीको स्रोत खुल्ने कागजात मागेपछि सम्पर्कमै आएका थिएनन्।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले अब पनि सम्पर्कमा नआएको कम्पनीको दर्ता खारेज हुने बताए। ‘त्यस्ता कम्पनीले विदेशी रकम भित्र्याउने हो भने आयस्रोतखुलाउने लगायत सबै कागजातसहित फेरि दर्ता गर्नुपर्नेछ।’

उनका अनुसार केन्द्रीय बैंकले ती कम्पनीको फाइल दर्ता गर्दा लगानीको आयस्रोत खुल्ने कागजात मागेको थिएन। अहिले भने सबै कागजात जम्मा भएपछि मात्र फाइल दर्ता गर्ने भएकाले स्वीकृति दिने प्रक्रिया छरितो भएको छ। यो समाचार आर्थिक अभियान दैनिकमा छ ।