एक क्विन्टल सुन प्रकरणः लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा


काठमाण्डु- राजश्व अनुसन्धान विभागले काठमाण्डुको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ । बिहीबार विभागले १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरेको हो । विभागको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।

घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement