‘लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’,सस्पेन्स-थ्रीलर कथामा निर्माण हुने


काठमाण्डु – फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ ।

राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी९अष्ट्रेलिया० कार्यकारी निर्माता रहेकोयो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट९अष्ट्रेलिया० रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स९यूके०ले पनि सहकार्य गरेको छ ।

फिल्मको बिषयमा निर्देशक बस्नेत भन्छन्–‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि, केही फरक कथा भन्न मन लागेको थियो । यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं । दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’

फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्मको छायांकन फागुणदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement