काठमाण्डु – दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–६ घर भई हाल काठमाण्डुको सिफल ४२ वर्षीय ललनकुमार राय रहेको प्रहरीले जनाएको छ ।
रायले पन्चान्द राय समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाउनका लागि प्रतिव्यक्ति २ लाख २० हजार रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिएर मासिक ७० हजार रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी ७ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रायको खोजतलास गर्ने क्रममा बुधबार काठमाण्डुस्थित भत्केको पुलबाट पक्राउ गरेको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया