वाराणसी विमानस्थलमा एयर इन्डियाका यात्रुले बोकेको बन्दुक पड्किँएपछि…

वाराणसी विमानस्थलमा एयर इन्डियाका यात्रुले बोकेको बन्दुक पड्किँएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको पेस्तोलबाट अकस्मात गोली चल्दा एएआईसीएलएएसका दुई जना स्क्रिनर घाइते भएका छन्।

आइतबार बिहान आजमगढ निवासी एक यात्रु आफ्नी श्रीमतीसँग मुम्बई जाने एयर इन्डिया एक्सप्रेसको उडान चढ्न विमानस्थल पुगेका थिए। उनले विमानमा लैजानका लागि हतियार रहेको घोषणा गरेका थिए।

सुरक्षा जाँचका क्रममा एएआईसीएलएएसका कर्मचारीले पेस्तोल निरीक्षण गरिरहेका बेला त्यसबाट अचानक गोली चलेको थियो। घटनामा एक पुरुष सुरक्षा कर्मचारीको हातमा र एक महिला कर्मचारीको घुँडाभन्दा माथिको भागमा गोली लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानस्थलका निर्देशक पुनीत गुप्ताले घटनाबारे जानकारी दिँदै करिब बिहान ९ः३० बजे हतियार जाँचका क्रममा गोली आकस्मिक रूपमा चलेको बताए। घाइते दुवै कर्मचारीलाई उपचारका लागि न्यू लक्ष्मी ट्रमा सेन्टर लगिएको र उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए।

यात्रुले गोली तथा हतियारबारे घोषणा गरेका थिए र सुरक्षा होल्ड क्षेत्रमा उनको छुट्टै जाँच भइरहेको थियो। जाँचका क्रममा पेस्तोलमा एउटा गोली लोड रहेको पाइएको थियो। यात्रुले आफूलाई पेस्तोलमा गोली लोड भएको थाहा नभएको दाबी गरेका थिए। पेस्तोलबाट गोली निकाल्ने क्रममा घटना भएको बताइएको छ।

घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइएको छ भने प्रहरीले अनुसन्धान सुरु गरेको छ। घाइते दुवै एएआईसीएलएएस कर्मचारीको अवस्था खतरामुक्त रहेको जनाइएको छ।