किन छुटे ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना ?


काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान हाजिर जमानीमा छुटेका हुन् ।

पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको जनाइएको छ । त्यस्तै सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो। उनको नाममा झन्डै ८ आना जग्गा छ। जग्गा फिर्ता गर्ने सर्तमा खेतानलाई छाडिएको जनाइएको छ ।

दुई जना छुटेपछि अब सिआइबीको हिरासतमा २० जना छन् । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement