ललिता निवास प्रकरण : सञ्चार सचिव राउतलाई छाड्न सर्वोच्चको आदेश


काठमाण्डु – ललिता निवस प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतलाई विदेश जान नपाउनेगरी छाड्ने आदेश दिएको हो।

उनीसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पक्राउविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

शुक्रबार न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकुल सुवेदीको इजलासले चारै रिट खारेज गरेको तर सचिव राउतलाई भने थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै तारेखमा छोड्न परमादेश दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement