बालुवाटार जग्गा प्रकरण : अख्तियारले लियो मुख्य योजनाकार ढकाल र सुवेदीसँग बयान


काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितताका मुख्य योजनाकारसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।

अख्तियारले मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीसँग बयान लिएको हो । उनीहरुले दिएको बयान भने सार्वजनिक भएको छैन् । अख्तियारले सूचना जारी गरेपछि उनीहरु अमेरिका भागेको खबर आए पनि उनीहरु इमेलमार्फत अख्तियारको सम्पर्कमा आएका थिए ।

अख्तियारले पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, माधवकुमार र नेपाल मन्त्रिपरिषदका एक राज्यमन्त्रीको पनि बयान लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement